इन्टर मिलानको खराब लय कायमै

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा युडिनेससँग ३-१ ले पराजित हुँदा इन्टर मिलानले तेस्रो हार व्यहोरेको छ। लिगअन्तर्गत आइतबार राति हारसँगै इन्टरले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको हो।

घरेलु मैदानमा निकोलो बरेलाले गरेको गोलबाट युडिनेसले अग्रता लिएको थियो। तर, २२औं मिनेटमा मिलान स्क्रिनियरबाट आत्मघाती गोल भएपछि इन्टर बराबरीमा फर्किएको थियो। तर, अन्तिम ५ मिनेट सम्हालिन नसक्दा इन्टरले महत्वपूर्ण ३ अंक गुमायो। ८५औं मिनेटमा जाका विजोलले युडिनेसलाई पुनः अग्रता दिलाएका थिए। यस्तै, इन्जुरी समयमा टोलगे अर्सलानले गोल गरेपछि युडिनेसले ३-१ को जित निश्चित गर्यो।

जितसँगै सता खेलबाट १६ अंक जोडेको युडिनेस दोस्रो स्थानमा उक्लिएको छ। यता समान खेलबाट १२ अंक जोडेको इन्टर तालिकाको सातौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×