एमसीसीबारे निष्कर्षमा पुग्न झलनाथ खनाल नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले ३ सदस्यीय कार्यदल बनाएको हो । 

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

कार्यदलले एमसीसीका सम्बन्धमा एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर ठोस निष्कर्ष निकाल्ने बताइएको छ । 

तीन सदस्यीय कार्यदलको नेतृत्व खनालले गर्नुभएको छ । उनी यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलको पनि संयोजक थिए । खनाल र उनको पार्टी एकीकृत समाजवादीले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने स्पष्ट पारेको छ ।

कार्यदलका अर्का सदस्य माओवादी नेता श्रेष्ठले पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने बताउदै आएका छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता हुन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×