काठमाडौँ - फिल्म ‘लू’ का लागि मुख्य पात्रको खोजी सुरु भएको छ। ‘लू’ फिल्म क्लास्सिक टेक अन्तर्गतको कम्पनी क्यारो फिल्म्सले निर्माण गर्न लागेको हो।
नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ बाट प्रेरित फिल्मका लागि मुख्य पात्र ‘एलैया’ र ‘नूश्रत’ को भूमिकामा देखिने कलाकार चयनको प्रक्रिया अगाडि बढेको फिल्म निर्माण कम्पनीले जानकारी दिएको छ।
निशा खरेल निर्माता रहेको फिल्मको निर्देशन भने प्रदीप भट्टराईले गर्ने भएका छन्।