विश्वकपअघि कतारमा अपार्टमेन्टको भाडा बढ्ने

काठमाडौँ - आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपअघि आवासीय अपार्टमेन्टको भाडा बढ्ने भएको छ।

बुधबार सार्वजनिक भएको कतार क्यू टु रियल स्टेट मार्केट रिभ्यूमा चुस्मान र वेकफिल्डले आवासीय क्षेत्रले वर्षको दोस्रो त्रैमासमा धेरै भाडा वृद्धि गरेको जनाएका छन्। फिफा विश्वकपका लागि माग धेरै भएकोले अप्रिल र मे महिनामै भाडा बढेको रिपोर्टमा उल्लेख गरिएको छ।

विश्वकपसँग सम्बन्धित सेवाहरू प्रदान गर्ने कम्पनीहरुले दशौं हजार अपार्टमेन्ट प्रशंसक र कर्मचारीको आवासका लागि आरक्षित गरेकोले कतारमा विश्वकप अघि बसोबासको माग बढ्दै गएको छ।

कुसम्यान र वेकफिल्डले गरेको अनुमान अनुसार जुनसम्ममा अपार्टमेन्टको भाडा गत वर्षको सोही अवधिको भन्दा ३० प्रतिशत बढीले वृद्धि हुनेछ। वर्षको पहिलो त्रैमासिकमा ५-७ प्रतिशतले भाडा वृद्धि भएकोमा त्यसपछिको समयको वृद्धिदर तीव्र बनेको छ। मुख्य क्षेत्रमा रहेको अपार्टमेन्टमा भाडा धैरै बढेको छ।

पोर्टो अरेबियामा २०२१ मा दुई बेडरुमको सेमि पर्निस्ड अपार्टमेन्ट १० देखि १२ हजार कतारी रियालमा पाउने थियो भने अहिले बढेर १३ देखि १५ हजारसम्म पुगेको छ। बिन महमोउद लगायत सेन्ट्रल डिस्ट्रिक्टमा २०२१ यता सामान्यतया २ देखि ३ हजारको दरको बढेको र केही हदसम्म ३० प्रतिशतले बढेको रिपोर्टमा उल्लेख गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×