काठमाडौँमा बालेनको अग्रता कायमै

काठमाडौँ - अत्यधिक जनताको चासोको क्षेत्र रहेको काठमाडौँ महानगरपालिकामा मेयरकालागि स्वतन्त्र उमेदवार वालेन्द्र शाह (बालेन)को अग्रता कायमै रहेको छ।

हाल सम्मको मतगणनाको तथ्याङ्कमा वालेन्द्र शाहले ६६९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितको भने ३५६२ मत आएको छ। यस्तै नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले पनि केशव स्थापितलाई पछ्याउँदै ३१२६ मत प्राप्त गरेकी छिन्।

यसै गरी उपमेयर तर्फ नेकपा एमालेकी सुनिता डंगोल ५८४४ मत सहित अग्र स्थानमा छिन्। उनको प्रतिद्वन्दी भनिएको गठवन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी)का रामेश्वर श्रेष्ठको केवल १६०९ मत रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×