काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।
आइतवार विहान ६ बजेसम्मको त परिणाम राजेन्द्र लिङदेनले अग्रता कायम गरिरहेका छन्।
निर्वाचन समितिका एक सदस्यका अनुसार उनले अहिलेसम्म ७४० मत प्राप्त गरेका छन् भने कमल थापाले ६६१ मत प्राप्त गरेका छन् । १०३ मत भने बदर भएको छ ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार राति साढे ११ बजे मतदान सम्पन्न भएको थियो ।