हालान्डको लगातार दोस्रो ह्याट्रिकमा सिटीको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोटिङघम फरेस्टविरुद्ध आधा दर्जन गोल गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई ६-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए। प्रिमियर लिगमा हालाण्डको यस सिजनमा यो लगातार दोस्रो ह्याट्रिक हो। सिटीका लागि जुलियन अल्भारेजले २ गोल गरेका थिए भने जोआओ क्यान्सेलोले १ गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक रहेको छ। सिटी लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै नोटिङघम फरेस्टको भने ५ खेलमा ४ अंक रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×