सोलुखुम्बु। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ।
जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०÷३० केजी चामल सहयोग गरेको हो। गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको योजनाअनुसार सहयोग गरिएकोे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए। अति नै विपन्न भएकै कारण चिसोबाट पीडित भएकाको पहिचान गरी अन्य स्थानमा समेत उक्त कार्यक्रम गरिने उनको भनाइ छ।
चिसोबाट कोही पनि नागरिकलाई कष्टकर जीवन बताउँन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको प्रशासन कार्यालयले जनाएको छ।