काठमाडौँ। जबरजस्ती करणीको उजुरी परेपछि अभिनेता पल शाह तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन्। उनको पक्षमा उभिएकाहरुको ठुलै जमात छ। त्यसैगरि पिडित बालिकाको पक्षमा उभिनेहरु पनि धेरै छन्।
नेपाली चलचित्र जगतका केहि अभिनेत्रीहरु पनि पिडित बालिकाको पक्षमा खडा भएका छन्। सामाजिक सञ्जालमार्फत उनीहरुले पिडितले न्याय पाउनु पर्ने कुरा राखेका छन्। अभिनेत्री रेखा थापाले सञ्जालमा लेखेकी छिन् "२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन।" उनी थप लेख्छिन् "समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो। को सँग लभ छ? कती पटक यौन संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ।"