नवलपरासीमा पनि लिइयो पल शाहको बयान

काठमाडौँ - नाबालिगलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको थुनामा रहेका कलाकार पल शाहले बुधबार कावासोतीस्थित सरकारको वकिलको कार्यालयमा आफ्नो बयान दिएका छन्।

नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा उनी विरुद्ध प्रहरी कार्यालय गैंडाकोटमा समेत दुई साताअघि किटानी जाहेरी भएको थियो।

ती नाबालिगले एउटा गीत छायांकनका क्रममा गत चैत ७ गते गैँडाकोटको एउटा होटलमा आफूलाई चाहिनेभन्दा बढी समय राखेर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन्।

अब शाहलाई थप एक सातासम्म अनुसन्धानका लागि कावासोतीमै राखिनेछ।

 

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×