अनुमतिविना कसैकाे तस्बिर र भिडियाे सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही हुन्छ : गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्विर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

मन्त्रालयले विहीवार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्विर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति–अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

सार्वजनिकस्थलमा ख्याल ठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

भिडियो सामाग्रीका नाममा सार्वजनिकस्थलमा खिचिएका भद्दा र अश्लील सामाग्री उत्पादनलाई लक्षित गरी मन्त्रालयले सूचना जारी गरे पनि मन्त्रालयको भाषाले भने प्रेस सेन्सरसीपको अर्थ जनाउँदछ ।

मन्त्रालयले व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्न सक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्विर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न सूचना मार्फत सचेत गराएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×