काठमाडौँ - काठमाडौं महानगरपालिकाको मत गणना जारी छ। अब ९ वटा वडाको मत गणना बाँकी रहेको छ। वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना जारी रहँदा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै रहेको छ।
अहिलेसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उमेदवार बालेन शाहले ४६४७६ मत ल्याएका छन् भने दोस्रोमा कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन्। त्यसैगरी एमालेका उमेदवार केशव स्थापित २६८६१ मत सहित तेस्रो स्थानमा रहेका छन्।
जारी मत गणनामा बालेनले वडा ९, १०, १३, १४ र २६ अग्रता लिएका छन्। यस्तै, वडा १५ मा सिर्जनाले अग्रता लिएकी छन् भने वडा २० २१, २२ मा स्थापितले अग्रता लिएका छन्।
काठमाडौं महानगरमा १६७००० मत खसेको थियो।