खहरे खोलामा चिप्लिएर बसका सहचालक बेपत्ता

चितवन - नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गतको खहरे खोलामा चिप्लिएर बसका सहचालक बेपत्ता भएका छन्। चितवनको इच्छाकामना ५ खहरेखोलामा चिप्लिएर खस्दा एक जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान २ बजे काठमाडौँबाट धनगढी जादैँ गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक कैलालीको गोदावरी नगरपालिकाका ३४ बर्षिय तेज बहादुर बोहोरा बेपत्ता भएका हुन्।

चाउचाउ किन्न भनी ओर्लने क्रममा बसको ढोकाबाट चिप्लिएर खरहेखोलामा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए। बोहोराले लगाएको चप्पल केही तल भेटिएको र अहिले खोजतलास भइरहेको प्रवक्ता अधिकारीले बताए। अहिले खोजतलास तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारसंग समन्वय भइरहेको उनको भनाई छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×