'आरआरआर'को राज अझै, मल्टिप्लेकसहरुले दुई दिनमै उतारे 'हेल्लो जिन्दगी'

काठमाडौँ - दक्षिण भारतिय फिल्म 'आरआरआर'को राज नेपाली सिनेमा हलहरुमा अझै कायम नै छ। 'आरआरआर' को स्थिर कमाइका कारण 'हेल्लो जिन्दगी'लाई ठूलो चोट पर्न गएको छ। विभिन्न मल्टिप्लेकस् सिनेमाहरुले 'हेल्लो जिन्दगी'लाई रिलिज भएको दुई दिनमा नै उतारी सकेका छन्। क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, आएनआईजस्ता ठूला मल्टिप्लेक्सले उक्त फिल्म दुई दिनमा नै उतारेका हुन्।

गोपिकृष्ण मुभिजका व्यवस्थापक प्रदीप दाहालका अनुसार त्यहाँ 'हेल्लो जिन्दगी'का लागि एक शो अझै बाँकी रहेको तर शनिबार समेत दर्शक नआउँदा उक्त फिल्म चलाउनुको औचित्य रहेको छैन। उनले हेल्लो जिन्दगी नचल्नु नेपाली फिल्मका लागि अर्को सेटब्याक रहेको समेत बताए।

‘हेल्लो जिन्दगी’लाई हटाएर मल्टिप्लेक्सले ‘आरआरआर’लाई शो दिएका छन् भने केही सिंगल थिएटरले ‘हेल्लो जिन्दगी’लाई निरन्तरता दिएका छन्। आइतबार गोपीकृष्णमा एक शो छ भने गुण सिनेमाले तीन शो दिएको छ।

ठूला मल्टिप्लेक्सबाट दुई दिनमै फिल्म उत्रिनाले ‘हेलो जिन्दगी’लाई लगानी उठाउने चुनौती थपिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×