एजेन्सी - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा छ जना आतङ्ककारीलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्टले शनिबार स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।
पञ्जाबको सीटीडीका अनुसार प्रहरीले लाहोर, गुजरनवाला र रावलपिंडी शहरहरूमा अपरेसनहरू सञ्चालन गरेका थियो।
आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विभिन्न विस्फोटक उपकरणहरू समेत बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ ।