गोकर्णेश्वर–४ मा महत विजयी

काठमाडौं - गोकर्णेश्वर नगरपालिका–४ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नका जयराम महत विजयी भएका छन्। उनी एक हजार २७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्रीकुमार श्रेष्ठले ९९९ मत प्राप्त गरे। उनी विसं २०७४ मा निर्वाचित वडाध्यक्ष हुन्। नवनिर्वाचित महत भने यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडासदस्यमा निर्वाचित भएका थिए। 

कांग्रेसका ज्ञानकुमार श्रेष्ठले भने ७९४ मत प्राप्त गरेका छन्। वडासदस्यमा तीन पदमा कांग्रेसका उमेदवार विजयी भएका छन्। महिला सदस्यमा भने एमाले विजयी भएको छ। कांग्रेसबाट खुला सदस्यमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार निर्वाचित भएका छन्। 

महिला वडासदस्यमा भने एमालेका गोमा श्रेष्ठ विजयी भएकी छन्। अहिलेसम्मको परिणाममा यसअघि कांग्रेसले जितेका वडामा अहिले एमाले र यसअघि एमालेले जितेका वडामा अहिले कांग्रेस विजयी भएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×