काठमाडौँ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड सङ्क्रमित भएका छन्।
सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए। जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ। पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन्।
राजनीतिक दलहरूले आफ्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।