काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जीत निकालेको छ। शनिबार राति रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई ३-१ ले हराएको हो।
जीतसँगै रियल मड्रिडले लिग तालिकामा ६ अंकको अग्रता लिएको छ। दोस्रो स्थानको बार्सिलोनाले गत हप्ता बर्नवेउको रियल मड्रिडसँग हार व्यहोरेको थियो। कार्लोस एन्सेलोटी नेतृत्वको रियलले ला लिगाको पछिल्लो ११ खेलमध्य १० खेलमा जीत निकालेको छ।
शीर्ष स्थानको रियलले ११ खेलबाट ३१ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाको २५ अंक छ। सेभिल्ला १० अंक सहित तालिकाको १४ औं स्थानमा रहेको छ।