सिमोन नापोलीमा अनुबन्ध

काठमाडौँ - अर्जेन्टिनी फरवार्ड जियो सिमोनलाई इटालियन क्लब नापोलीले अनुबन्ध गरेको छ।

२७ वर्षीय स्ट्राइकरलाई नापोलीले हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो। नापोलीले सिमोनलाई १ सिजनको लागि लोनमा अनुबन्ध गरेको हो। सिमोन काग्लियारीबाट भेरोना आएका थिए। सिमोनले अर्जेन्टिनाको लागि ८ खेल खेलेका छन्।

यो सिजन उपाधि जित्ने योजनामा रहेको नापोलीले उनलाई अनुबन्ध गरेको हो। नापोलीले सिजनमा पहिलो खेलमा सहज जित निकालेको थियो। नापोलीले दोस्रो स्थानमा रहँदै गत सिजन अन्त्य गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×