पुनः प्रशिक्षणमा फर्कँदै जिदान

काठमाडौँ - जिनेदिन जिदानले पुनः प्रशिक्षणमा फर्कने संकेत गरेका छन्। लामो समयदेखि जिदान पुनः डगआउटमा फर्कनेबारे विभिन्न आङ्कलनहरू भइरहेका छन्।

उनले अन्तिम पटक रियल मड्रिडको नेतृत्व सम्हालेका थिए। सन् २०२१ मा क्लब छाडे यता उनी प्रशिक्षणबाट टाढा रहँदै आएका छन्।

तर अब खेल प्रेमीहरूले त्यसका लागि लामो समय पर्खनु नपर्ने हुनसक्छ। पेरिसमा आरएमसी स्पोर्टसँग कुराकानी गर्दै पुनः क्लबको व्यवस्थापनमा फर्कने संकेत गरेका हुन्। उनले भने, ‘म चाँडै फर्कने छु। केही समय पर्खनुपर्छ। तर चाँडै नै। म प्रशिक्षणमा फर्कनु लामो समय छैन।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×