महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका सबै खेल त्रिवि क्रिकेट मैदानमा

काठमाडौँ । आउँदो माघ ४ देखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको सबै खेलहरू त्रिवि क्रिकेट मैदानमा हुने भएका छन्।

पहिलो खेल माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेल माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो माघ १० गते जिम्बाबेसँग र चौथो खेल माघ १२ गते स्कटल्यान्डसँग हुनेछ।

यसअघि नेपालको दुई खेल माथिल्लो मुलपानी र दुई खेल त्रिवि क्रिकेट मैदानमा हुने चर्चा थियो। तर नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकाअनुसार, नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा हुने भएका छन्।

समूह चरणबाट शीर्ष ३ टोलीहरू सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा शीर्ष ४ मा रहने टोलीहरू आगामी महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।

नेपालको महिला क्रिकेट टोलीका खेलहरू त्रिवि क्रिकेट मैदानमा विहानको समयमा हुने गरी तालिका तय गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×