इटहरीमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउने इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ। इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रुपमा सन्चालनमा ल्याएको कम्पनीहरुमा उपमहानगरले अनुगमनको क्रममा ताला लगाएको हो।
सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजना जनताले अनुभव गर्ने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।
डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्।
कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन्। उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन्।