सरकारी सेवा लिन निवेदन वा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था हटाइएको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रचलित कानुनमा स्पष्ट व्यवस्था भएको बाहेक अन्य सबै सेवामा हुलाक टिकटको प्रयोग हटाइएको हो।
यस निर्णयसँगै अब सार्वजनिक सेवा प्रवाह थप सरल र सहज हुने अपेक्षा गरिएको छ।