पद होइन, सिद्धान्त रोजेँ’— ११५ दिनमै राजीनामा दिएका कुलमानको स्पष्ट सन्देश

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले ११५ दिनपछि मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले यो निर्णय भाग्ने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताएका छन्। घिसिङले ‘उज्यालो नेपाल’को सपना साकार पार्न सशक्त राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। पदमा रहँदा ऊर्जा, पूर्वाधार, सिँचाइ, विपद् व्यवस्थापन, रुग्ण ठेक्का तोडफोड, विद्युत् व्यापार विस्तार र शहरी सेवामा महत्वपूर्ण नीतिगत सुधारको जग बसालेको उनको दाबी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×