नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार ३ अर्ब २२ करोडमा सीमित

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो वृद्धि देखिएको छ। बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको हो।

बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज ३३४ वटा कम्पनीका ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन करिब साढे ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

आजको कारोबारमा १११ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समूहगत परिसूचकतर्फ बैंकिङसहित ६ समूहका सूचक बढेका छन् भने ७ समूहका सूचक घटेका छन्। सबै समूहको उतारचढाव भने एक प्रतिशतभन्दा कममै सीमित रहेको छ।

आजको बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.३२ प्रतिशत नाफा कमाएका छन्। त्यसैगरी नेशनल हाइड्रोपावर ४.२६ प्रतिशत, हिमस्टार ऊर्जा ४.१९ प्रतिशत र सिद्धार्थ बैंक ३.९७ प्रतिशतले बढेका छन्। उता ग्रामीण विकास लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.२३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, बाँकी सबै कम्पनीको कारोबार १० करोड रुपैयाँभन्दा कम रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×