मध्यरातमा ईन्दिरा जोशी झापामा झुम्दै

झापा - झापाको गौरादहमा यही चैत्र ११ गतेदेखि संचालन भइरहेको साङ्गीतिक मिनी महोत्सवमा रोटेपिङका साथमा विभिन्न खेलहरुको मनोरञ्जन लिँदै हरेक दिन स्थानीय कलाकार तथा ख्यातिप्राप्त कलाकारहरुले स्टेजमा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेर दर्शकलाई रोमान्चित बनाउँदै आएका छन्। गौरादह उद्योग बाणिज्य संघ र झापाली युनिटी क्लबको सहयोगार्थ सन्चालित महोत्सवमा हरेक दिन उल्लेख्य मात्रामा दर्शकको उपस्थिति रहँदै आएको छ। 

दैनिक रुपमा आफ्नो प्रस्तुतिका लागि मेलामा आउने क्रममा बिहीबार राति ख्यातिप्राप्त चर्चित गायिका ईन्दिरा जोशीले मध्यरातमा आफ्नो प्रस्तुति पस्कदा दर्शकहरु उनीसँगै गीतमा रमाउँदै मनोरञ्जन लिएका थिए। दर्शकको समर्थन र हुटिङ सहितको माहोल देखेर ईन्दिरा जोशी पनि खुशी हुँदै आफ्ना साङ्गीतिक प्रस्तुति पस्कदै दर्शकसँग झुमेको दृश्य एकदमै रोमान्चक देखिएको थियो। उनले आफ्ना प्रस्तुति पस्कने क्रममा ‘मोटरसाइकलमा जाऔँ कान्छा घुम्नलाई पछाडि बसेर बुलेट बाइकमा’ भन्ने गीत प्रस्तुति गर्दा  स्टेज अगाडि सम्पूर्ण दर्शकहरुले नाच्दै समर्थन गरेका थिए।  

उक्त गीतमा दर्शकहरु उफ्री उफ्री नाच्दा धुलो उडेर स्टेज छोपिँदा एकछिन त गायिका ईन्दिरालाई गीत गाउनै हम्मे हम्मे परेको थियो। आफ्ना प्रस्तुति पस्कने क्रममा दर्शकको माया पाएर उनी अत्यन्त हर्षित थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×