तेस्रोपटक विश्वकप खेल्ने सोमपाल एकमात्र नेपाली खेलाडी
२२ पुस, काठमाडौं । आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा गरिएको छ। टोलीमा सोमपाल कामी मात्र तेस्रोपटक विश्वकप खेल्ने खेलाडी बनेका छन्। उनले सन् २०१४, २०२४ र २०२६ को विश्वकप खेल्नेछन्।
पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् भने कप्तान रोहित पौडेलसहित ९ खेलाडी दोस्रोपटक विश्वकपमा सहभागी हुँदैछन्।