रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालमा बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ। आइतबार मध्यान्हसम्म फिल्मले नेपालमा ५ करोड १२ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।
भारत–पाकिस्तानको भूराजनीतिक कथामा आधारित यो एक्सन–स्पाई थ्रिलर नेपाली दर्शकमाझ पनि लोकप्रिय बनेको छ। भारतमा फिल्मले ३०० करोडभन्दा बढी कमाइ गरिसकेको छ भने अक्षय खन्नाको एन्ट्री गीत नेपालमा समेत भाइरल भइरहेको छ।