भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानका सबै यात्रु सुरक्षित

झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।

९एन–एमएफ कलसाइन भएको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा रन–वेबाट बाहिर गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उक्त विमानमा ५१ जना यात्रु सवार थिए ।

घटनापछि सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ । यात्रु तथा चालक दलका सदस्यहरूमा कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ ।

घटनाबारे थप प्राविधिक विवरण संकलन भइरहेको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×