नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४ हजार ६ सय रुपैयाँले बढी हो।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।