मुम्बई । हिन्दी फिल्म उद्योगमा ‘धुरन्धर’ ले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रदर्शनको ३०औँ दिनमा फिल्मले भारतमा मात्रै ८ सय करोड रुपैयाँ नेट कलेक्सन पार गर्दै यो आँकडा छुने पहिलो हिन्दी फिल्म बनेको हो।
पाँचौँ हप्तासम्म पनि दर्शकको आकर्षण कायमै राख्दै ‘धुरन्धर’ ले बक्स अफिसमा नयाँ मापदण्ड स्थापित गरेको छ। सामान्यतया ठूला फिल्महरू चौथो वा पाँचौँ हप्तामा कमाइको रफ्तार घटाउने गर्छन्, तर ‘धुरन्धर’ ले त्यसलाई चुनौती दिँदै निरन्तर उच्च व्यापार गरिरहेको छ।
पाँचौँ हप्ताको शुक्रबार फिल्मले करिब ९.७० करोड र शनिबार १२.६० करोड रुपैयाँ कमाइ गरेको छ। यससँगै फिल्मको कुल भारतीय नेट कलेक्सन ८०६.८० करोड रुपैयाँ पुगेको छ। यसअघि ‘पुष्पा २’ को ८३० करोड रुपैयाँको रेकर्ड रहेकोमा ‘धुरन्धर’ त्यसलाई तोड्ने नजिक पुगेको छ।
व्यावसायिक सफलतासँगै ‘धुरन्धर’ लाई वर्षकै सबैभन्दा ठूलो हिटमध्ये एकका रूपमा लिइएको छ। समीक्षक र दर्शकबाट समान रूपमा सकारात्मक प्रतिक्रिया पाएको यस फिल्मले बलिउड बक्स अफिसमा नयाँ