काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ रहेकोमा सोमबार घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर प्रति तोला ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।