खजुरीको ‘पफ’मा ट्रान्स फ्याट अत्यधिक भेटिएपछि बजारबाट तत्काल फिर्ता – खाद्य विभाग सर्तक मोडमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’मा औद्योगिक ट्रान्स फ्याटको मात्रा कानुनी सीमा भन्दा धेरै बढी भेटिएपछि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार परीक्षणका क्रममा पफमा ट्रान्स फ्याट २ प्रतिशतभन्दा माथि पाइएको थियो, जुन खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को अनिवार्य प्रावधानविरुद्ध छ।

ललितपुरको गोदावरी–१० मा रहेको उद्योगबाट उत्पादन भएका ब्याच नम्बर B1-3A र B1-5A का पफलाई विभागले ‘न्यूनस्तरको खाद्य पदार्थ’ घोषणा गर्दै बजारबाट तुरुन्त उठाउन भनेको हो।

विभागले ऐनको दफा ३८ (२) र (४) अनुसार यी उत्पादनहरूको बिक्री–वितरण रोक्न, नगराउन र बजारमा रहेका सबै स्टक फिर्ता लिन उद्योगलाई निर्देशन दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×