नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्कीले आज काठमाडौँको भृकुटीमण्डप स्थित श्रीमती सङ्घको केन्द्रीय कार्यालयमा उपस्थित भएर आफ्नो कार्यवाहक सम्हाल्नुभएको छ । संघमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, साधारण सदस्यहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्षले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ उर्जाशिल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष संगिता लम्सालले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सह-सचिव (कार्यक्रम) मन्जु शर्माले गर्नु भएको थियो ।