प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, प्रमुख प्रतिपक्षको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए र बैठकमा स्वागत गरे । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो ।

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×