च्याम्पियन्स लिग: बार्सिलोनाको सान्त्वना जित

काठमाडौँ - च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४-२ को जीत हासिल गरेको छ। प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले टोलीको अग्रता दोब्बर बनाएका थिए। तर, दोस्रो हाफको सुरुवातमा नै टोमस चोर्यीले पेनाल्टीबाट भिक्टोरियाका लागि गोल फर्काए। ३ मिनेटपछि नै टोरेसले गोल गर्दै बार्सालाई पुनः दुई गोलको अग्रता दिलाएका थिए।

६३ औँ मिनेटमा चोर्यीले दोस्रो गोल गर्दै भिक्टोरियालाई खेलमा फर्काउने प्रयास गरे। तर ७५ औँ मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्साको जीत सुनिश्चित गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×