काठमाडौँ - म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो।
च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ। उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन्।
म्युजिक नेपाल च्यानलमा नेपाली गीत संगीतहरू राखिदै आएको छ। पछिल्लो समय नेपाली युट्युब च्यानलहरू धेरै नै ह्याक भइरहेका छन्। केही समय अगाडि ओएसआर नेपाल, बुढासुब्बा डिजिटल, भिटेन, कमल खत्री ,सगरमाथा टिभीको समेत युट्युब च्यानल ह्याक भएको थियो।
आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको जनाएको छ।