चितवनमा दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन - चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना  गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए। उनको सनाखत भने हुन सकेको छैन। 

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन। ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×