सुदूरपश्चिम : नौ जनामा सङ्क्रमण, एक मृत्यु

बैतडी। सुदूरपश्चिम प्रदेशमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ। सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन्। यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×