रणवीर-आलियालाई सञ्जय दत्तको कामना; छिट्टै सन्तान जन्माउनु

काठमाडौं– बलिउडमा अहिले अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह चर्चाको विषय रहेको छ। अप्रिल १३ बाट सुरु हुने उनीहरुको विवाहको कार्यक्रमलाई लिएर बलिउडका अन्य कलाकारहरुले पनि उनीहरुलाई शुभकामना दिइरहेका छन्। 

यसबीच अभिनेता सञ्जय दत्तले यी दुईको विवाहलाई लिएर दिएको शुभकामना भने चर्चामा आएको छ। अभिनेता दत्तले उनीहरुलाई छिट्टै सन्तान जन्माउनु भन्दै शुभकामना दिएका छन्। सञ्जय दत्त अहिले आफ्नो आगामी फिल्म ‘केजीएफ २’को प्रचारपसारमा व्यस्त रहेका छन्। यसै क्रममा उनले आलिया र रणवीरको विवाहको विषयलाई लिएर आफ्नो प्रतिक्रिया दिएका हुन्।

उनले भनेका छन्, ‘के उनीहरु विवाह गर्दैछन्? यदि यस्तो हो भने म निकै खुसी छु। उनीहरुलाई धेरै बधाई। रणवीरले छिट्टै सन्तान जन्माएर खुसी रहनु। विवाह भनेको एउटा बाचा हो, एकअर्कासँग गरिने। र यसमा सधैं इमान्दार हुनुपर्छ। सधैं साथ दिनुपर्छ। खुसी र शान्तीको यो यात्रामा अघि बढ्नुपर्छ। रणबीरुले छिट्टै सन्तान जन्माउन र खुसी भएर बसून्।’

दत्तले आलिया हुर्किएको आफैंले देखेको बताउँदै समय छिट्टै कट्ने बताएका छन्। दत्तले आलिया र रणवीरको विवाहलाई लिएर दिएको यो प्रतिक्रिया अहिले चर्चामा आएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×