नाइजेरियाको कीर्तिमानी जित

काठमाडौँ - भिक्टर ओसिमहेनले ह्याट्रिकसहित ४ गोल गरेपछि नाइजेरियाले कीर्तिमानी जित निकालेको छ। नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा साओ टोम एन्ड प्रिन्सिपेमाथि १०-० को सानदार जित निकालेको हो।

नाइजेरियाको इतिहासमा यो सबैभन्दा ठुलो र फराकिलो जित हो। यसअघि नाइजेरियाले सन् १९५९ मा दाहोमेमाथि १०-१ को फराकिलो जित निकालेको थियो।

मोरोक्कोमा सोमबार राति भएको खेलमा नाइजेरियाको फराकिलो जितमा ओसिमहेनले ४ गोल गर्दा तेरेम मोफीले २ तथा मोसेस सिमोन, ओगहेनेकारो इटिवो, एडेमोला लुकमान र इमानुयल डेनिसले समान १ गोल गरेका थिए। पहिलो हाफमा ३-० को अग्रता बनाएको नाइजेरियाले दोस्रो हाफमा ७ गोल थप्दै फराकिलो जित निकाल्न सफल भएको थियो।

२३ वर्षीय ओसिमहेनले २२ अन्तर्राष्ट्रिय क्यापमा १५ गोल गरिसकेका छन्। उनी एकै खेलमा ४ गोल गर्ने खेलाडी बनेका छन्। यसअघि रासिदी येकिनीले सन् १९९१ म बुर्किना फासोविरुद्ध नेसन्स कपकै छनोटमा ४ गोल गर्ने पहिलो खेलाडी बनेका थिए।

यो जितसँगै छनोटको समूह ‘ए’ मा रहेको नाइजेरियाले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा छ। गिनिया विसाउ ४ अंक जोडेर दोस्रो स्थानमा छ। सिएरा लिओन १ अंक जोडेर तेस्रो स्थानमा रहँदा साओ टोम एन्ड प्रिन्सिपे अंकविहीन हुँदै पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×