रहेनन् ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुख खनाल

काठमाडौँ - जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । ७३ वर्षीय खनालको आइतबार राति त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

उनी दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए । नेपाली कांग्रेसका नेता समेत रहेका खनाल इमान्दार छवि भएका नेताको रुपमा परिचित थिए । खनालको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका श्रीमती दुई छोरा र २ छोरी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×