भारत। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पछिल्लो समय धेरै विवादमा मुछिएकी छिन्। जसले उनको फिल्मी करियरलाई पनि असर गरिरहेको छ।
सुकेश चन्द्रशेखरसँग उनको नाम मुछिएपछी उनी विवादित बन्न थालेकी हुन्। केहि समयअघि उनको आमालाई हृदयघात भयो। उनको व्यक्तिगत तस्वीरहरु समेत सामाजिक सञ्जालमा रातारात भाइरल भयो। जसले गर्दा उनको चर्चा परिचर्चा सबैतिर हुन थाल्यो।
भारतीय सञ्चार माध्यामका अनुसार दक्षिण भारतीय सुपरस्टार अक्किनेनी नागार्जुनको आउँदो चलचित्र ‘द घोस्ट’ बाट बाहिरिएकी छिन्। तर, उनले आधिकारिक रूपमा आफ्नो नाम चलचित्रबाट हटाउनुको कारण भने बताएकी छैनन्।
सुकेश चंन्द्रसशेखरसँगको विवादका कारण उनको नाम चलचित्रबाट हटाइएको धेरैले अनुमान लगाएका छन्।