आजको सुनको मूल्य

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले बढेर रु. ९९ हजार ५०० तोकिएको छ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९९ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार छ। यसको मूल्य बुधबार प्रतितोला रु. ९८ हजार ५०० थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार ३५५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×