समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे

समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन्। जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उनलाई संयोजकको जिम्मेवारी तोकेको हो।

छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताए। उनले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गरे। घिमिरे न्यूज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×