काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिका–१० ल्याब्रोरेटरी स्कुलनजिक सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० नयाँबाटो सुकुम्बासी टोल बस्ने १० वर्षीय सुरज मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठास्थित सडकमा से.१ ख १२५२ नम्बरको मिनीट्रक सडकबाट करिब २ सय ५० मिटर तल महाकाली नदी किनारामा खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–३ बोहरीगाउँ बस्ने ५४ वर्षीय करन सिंह बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।