अवार्ड पछि भावुक हुँदै पूजाले भनिन्, "रियल हिरो पल शाहलाई मिस गरिरहेँ"

काठमाडौँ - बक्स अफिस फिल्म अवार्डमा ‘म यस्तो गीत गाउँछु २’ले अवार्ड हात पार्न सफल भयो। उक्त फिल्म मार्फत पल शाह र पूजा शर्माले पनि अवार्ड प्राप्त गरेका हुन्। अवार्डका क्रममा चलचित्र नायिका पूजा शर्माले नायक पल शाहलाई रियल हिरो भन्दै मिस गरिहेको बताएकी छिन्। उनले बक्स अफिस फिल्म अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड लिएपछि पल शाहलाई आफ्नो अवार्ड समर्पण गरेको समेत भनेकी छिन्।

म यस्तो गीत गाउँछु २ बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जितेसँगै उनले आफू प्रसव पीडापछि सन्तान जन्माएकी आमा जस्तो मुस्कुराएको बताएकी छिन्।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्ः फागुण ११ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरको दिन। एक्कासी घटेको ठूलो बज्रपातलाई सहँदै, अनेकथरी कुराहरु सुन्दै हलमा उपस्थित भैरहँदा मैले आँशु रोक्न सकेको थिइनँ। एउटा सन्तान जन्माउन आमाले गर्ने दुःख र पीडा जस्तै हो चलचित्र निर्माण गरेर हलसम्म ल्याउनु। आज काठमाडौंमा आयोजना भएको ‘बक्स अफिस फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको अवार्ड जित्दै गर्दा प्रसव पीडामा चिच्चाएकी एक आमा, सन्तान जन्माएपछि सबै पीडा भुलेर मुस्कुराएझै म पनि मुस्कुराएकी छु। हुनत, अझै पनि दिल खोलेर हाँस्नका लागि आउने सुखद दिनलाई पर्खिरहेकी छु। ‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारी साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ। पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं। उत्कृष्ट निर्देशकको अवार्ड जित्नुहुने मेरा गुरु सुदर्शन थापा, ब्लकबस्टर चलचित्रको अवार्ड प्राप्त गरेको हाम्रो चलचित्रलाई माया दिनुहुने दर्शक नै हाम्रा लागि सबै भन्दा प्रिय र विशेष हुनुहुनेछ। दर्शकको साथ पाएपछि अगाडि बढ्न कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने पुष्टी यसपटक भएको छ। अवार्ड आयोकजलाई कामको मुल्यांकनको लागि विशेष धन्यवाद। आगामी दिनमा म र मेरो टिमले अझै उत्कृष्ट चलचित्र दर्शकमाझ ल्याउने वाचा गर्दछौ। जय नेपाली सिनेमा।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×