बारको आन्दोलन विरुद्धको स्वतन्त्र कानुन व्यवसायी एवं आम सर्वसाधारणको काउन्टर प्रोटेस्ट (फोटो फिचर)

काठमाडौँ । आज बुधबार पनि नेपाल बारले गरिरहेको आन्दोलनको विरोध गर्दै स्वतन्त्र कानून व्यवसायीले काउन्टर प्रदर्शन गरेको छ। काउन्टर प्रदर्शनमा बारका वकिलहरुको आन्दोलनको विरोध गर्दै आम सर्वसाधारण जनता तथा पीडितहरू पनि सहभागी भएका छन्।
आन्दोलनका नाइकेहरूको नियतमा खोट भेट्टाएपछि नयायाधीशहरूले इजलास फर्किने निर्णय गरेसँगै बारको आन्दोलन फितलो भएको छ।  तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाई आफ्ना स्वार्थ पुर्ति गर्ने मनसाय कानुन व्यवसायीहरुको रहेका कारण उनीहरु दलका नेताहरुको ढोका ढकढकाउन थालेका छन् । व्यक्तिगत स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई नै ध्वस्थ बनाउन तम्सिएका कानुन व्यवसायीहरुको विरुद्ध  स्वतन्त्र कानून व्यवसायी एवं सचेत युवाहरूले आज पनि काठमाडौँको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटल अगाडि कडा रुपमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा सैयौँको संख्यामा आम सर्वसाधारणहरुको उपस्थिति रहेको छ भने उनीहरुको समर्थनमा उन्नत लोकतान्त्रीक पार्टिले समेत साथ दिएको छ ।

बारको आन्दोलनले हजारौँ जनता न्यायको पर्खाइमा रहेका जनताहरू थप मर्कामा परेको र उनीहरूको मौलिक हकको हनन भइरहेको बताउँदै उनीहरूले तुरुन्तै आन्दोलन फिर्ता लिई न्यायालयलाई शान्तिपूर्ण वातावरणमा फर्काउन पीडितहरूले सुझाव दिएका छन्।

उक्त प्रदर्शनमा बोल्दै अधिवक्ता भुमिनन्द चुँडालले यदि कसैले गल्ति नै गरेको भए पनि संवैधानिक तरिकाले कारवाहि हुनु पर्ने बताएका छन् । उनले भ्रष्टाचार गर्ने सबै न्यायाधीशहरुलाई महाभियोग लाग्ने बताएका छन् ।  उनले भ्रष्टाचारको विजारोपण गर्ने वकिलहरु भएका कारण उनीहरु पनि कारवाहीमा पर्ने चेतावनी समेत दिएका छन् ।

त्यसै गरि तोयानाथ दाहालले प्रदर्शनमा सहभागि सबैलाई धन्यवाद व्यक्त गर्दै बहुदल व्यवस्थाले सबैलाई आवाज उठाउने अधिकार दिएकाले आउँदा दिनमा पनि आफुलाई चित्त नबुझेको कुरा अभिव्यक्त गर्न आग्रह गरेका छन् ।

त्यस्तै अधिवक्ता दिपेन्द्र अर्यालले उक्त प्रदर्शनमा बोलदै कथित २० जना वकिलहरुले गरेको आन्दोलन आन्दोलन नभइ उनीहरुलाई भाग नपुगेको आक्रोशमात्र व्यक्त गरेको बताए । उनले भने, "अहिले हाम्रो बारले जुन आन्दोलन गरिराखेको भनिएको छ । बारका कथित १०/२० जना मान्छेहरु वरिष्ठहरुले जुन आन्दोलन गरिराख्नु भएको छ, त्यो आन्दोलन वास्तवमा आन्दोलन नै हैन । त्यो वहाँहरुले के हो भने देखि, त्यो वहाँहरुको भाग नपुगेर, वहाँहरुले भाग नपाएर चै वहाँहरुले चै आन्दोलन गरे जस्तो गर्नु भएको हो, यो खाएको कुरा पचाउनलाई आन्दोलन गरिराख्नु भएको छ वहाँहरु ।"
त्यसै गरि वकिलहरुको आन्दोलन न्यायको पक्षमा नभइ आफुले खाएको कुरा पचाउन आन्दोलन गरिएको उनले बताए ।

स्वतन्त्र कानून व्यवसायीले बारको आन्दोलनविरुद्ध गरेको काउन्टर प्रदर्शनको समर्थन गर्दै सर्वसाधारण पीडित जनताहरू स्वयं आन्दोलनमा सहभागी भएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×