‘छड्के २’ मा रविन तामाङ जोडिए, बालेन र भिटेनले गीत गाउने

काठमाडौँ - फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा जोडिएका छन्। ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन्।

फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छिन्। उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन। 

प्रमुख भूमिकामा अभिनेता राजेश हमाललाई पनि प्रस्ताव गरिएको तर उनले अस्वीकार गरेको स्रोत बताएको छ। मुख्य पात्रको ‘बा’को भूमिकामा हमाललाई ५० लाख रुपैयाँ पारिश्रमिकसहित प्रस्ताव गरिएको तर उनले नखेलेको स्रोतको भनाइ रहेको छ।

विपिन कार्कीलाई पनि प्रस्ताव गरिएको तर उनले रचनात्मक असमझदारी भन्दै नमानेको पनि गिरीले बताएका छन्।

साउन २५ गतेदेखि मनाङ र नारायणगढमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन्। साढे ४ करोड रुपैयाँ बजेट बताइएको फिल्ममा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता रहेका छन्।

यसैबीच, फिल्ममा काठमाडौं महानगरका मेयर समेत रहेका र्‍यापर बालेन साह र भिटेनले समेत गीत गाउने भएका छन्। बालेनले ओएसटी र भिटेनले कथावस्तुमै आधारित गीत गाउने समझदारी भएको निर्माता गिरीले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×