सुनसरी। झुम्का जेसीज र झुम्का जुनियर जेसिजको संयुक्त आयोजनामा २०७८ माघ १२ गते कोभिड १९ सम्बन्धी सचेतना तथा सर्वसाधारणलाई मास्क वितरण कार्यक्रम गरेकाे छ ।
'हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, सचेतना अपनाई हटाऔँ महामारी' भन्ने सन्देशसहित बुधवार बिहान ८ बजेदेखि ११ बजेसम्म रामधुनी नगर हाटबजार परिक्रमासहित सडकमा मास्क नलगाई हिड्ने ७ सय भन्दा बढी पैदल यात्रु, साईकल सवारी, मोटर साईकल सवारी लगायतका सर्वसाधारणलाई मास्क प्रयोग गर्नुको महत्व बुझाउदै मास्क वितरण गरेका थिए ।
ईलाका प्रहरी पकली अन्तर्गत समुदाय प्रहरी अभियान टोली समेतका सुरक्षाकर्मीहरुको उपस्थितिमा जेसिजका स्वयंसेवी युवा युवतीहरुले कोभिड सुरक्षा सावधानी अपनाई सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
“कोभिडको तेश्रो चरण लहरको प्रभाव छोटो समयमा नै बढदै जादा स्थानीय रुपमा सक्रिय युवाहरुमार्फत सचेतना विस्तार गर्ने र जनमानसमा स्वास्थ्य सुरक्षा प्रवर्द्धन गर्न प्रोत्साहन पुर्याउने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको झुम्का जुनियर जेसिजका अध्यक्ष मिलेनियम निरौलाले बताए।
“विशेषगरी बिहानी र साँझको समयमा रामधुनी नगर र आसपासका क्षेत्रबाट दैनिक ज्यालादारीमा नजिकैका शहरसम्म पुग्ने स्थानीयहरु र यात्रुहरुले मास्कको प्रयोग गर्न नसकेको देखिएकाले स्वयंसेवी रुपमा झुम्का जेसिजले आजको सचेतना कार्यक्रम संचालन गरिएकाे अध्यक्ष द्वारिका घिमिरे (सुवोध)ले बताए ।